धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026
प्रचण्ड माधव नेपाल पक्ष नारावाजी गर्दै, केपि पक्षका भेलामा जुटे

संसद विघटनको प्रस्ताव पछि घनगढीमा नेकपाको गुटगत भेला

संसद विघटनको प्रस्ताव पछि घनगढीमा नेकपाको गुटगत भेला

धनगढी

 राष्ट्रपतिले संसद विघटनको घोषणा गरेपछि सुदूरपश्चिम प्रदेशको अस्थाई राजधानी धनगढीमा नेकपाका छुट्टा छुट्टै भेला तथा विरोध प्रदर्शन भएका छन् ।

 राष्ट्रिय युवा संघले पार्टी एकताको पक्षमा दवाव मुलम कार्यक्रम भन्दै धनगढीको ओमप्यालेसमा केपि शर्मा ओलि निकटलाई बोलायर छलफल गरिरहेको छ । तत्कालिन युवा संघका केन्द्रिय सदस्य मदन रेग्मीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेकपा सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापा तथा राष्ट्रिय वुवा संघका वर्तमान सह–संयोजक रमेश पौडेल लगायतको सहभागिता रहेको छ ।

 नेकपाकै अर्को गुट प्रचण्ड माधव नेपाल पक्षका युवा हरु सडमा उत्रको छन् । संसद विघटनको विरुद्ध नारावाजी गर्दै उनिहरुले केपि अ‍ोली मुर्दावाद, पार्टी एकता जिन्दावाद, केपि तरो पाराले दुःख पायो साराले भन्दै धनगढी बजार क्षत्रमा नारावाजी गरेका थिए ।

 ¥यालीमा युवा संघका केन्द्रिय सदस्य दिपक सिंह, प्रकाश  रोकाया, अनेरा स्वियुका केन्द्रिय सदस्य युवराज कुँवर लगायतको सहभागिता रहेको छ ।


ट्रेन्डिङ