धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

प्रचण्ड–नेपाल समूहले सुदूरपश्चिम अध्यक्षमा नेपबहादुर

प्रचण्ड–नेपाल समूहले सुदूरपश्चिम अध्यक्षमा नेपबहादुर

धनगढी

 नेपाल कम्युनिष्ट पार्टी नेकपामा केपि ओलि र प्रचण्ड–माधव नेपाल समुह आ–आफ्नो पक्षमा निर्णय गर्दै केन्द्र देखी तल्लो स्तर सम्म जिम्मेवारी हेरफेर गर्न थालेका छन् ।

सुदूरपश्चिम प्रदेशमा नेकपाका इन्चार्ज हटाएर केपि ओलि पक्षले भिमरावलको सट्ट लेखराज भट्टलाई इन्चार्जको जिम्मेवारी दिएको छ, भने प्रचण्ड माधव नेपाल पक्षले प्रदेशको अध्यक्षमा कर्ण थापालाई हटाएर नेप बहादुर चौधरीलाई जिम्मेवारी तोकेको छ । यस अघि सुदूरपश्चिम प्रदेश इन्चार्ज रहेका भिमरावल हाल प्रचण्ड माधव खेमाका थिए भने अध्यक्ष कर्ण थापा ओलि इतर नेता थिए ।

 तर प्रधानमन्त्री ओलिले प्रतिनिधी सभा विघटन गरेसंगै नेकपामा देखिएको चरम विवाद संगै केन्द्रमा ओलि र प्रचण्ड–माधव नेपालले पार्टी फुटको झल्को दिनेगरी सवै ठाउँमा आ–आफ्ना नेत चयन तथा नियुक्ति गर्नथालेका छन् ।


ट्रेन्डिङ