धनगढी पोष्ट मङ्गलबार, १३ साउन २०८३   July 28, 2026

सुदूरपश्चिम प्रदेशका भौतिकपूर्वाधार मन्त्रीलाई पद मुक्त गरिंदै

सुदूरपश्चिम प्रदेशका भौतिकपूर्वाधार मन्त्रीलाई पद मुक्त गरिंदै

धनगढी

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री पठान सिंह बोहरालाई मुख्यमन्त्रीले पद मुक्त गर्ने तयारी गरेका छन् । पद मुक्त गर्नाको कारण भने हाल सम्म खुलेको छैन ।

 श्रोतका अनुसार आजै उनलाई पद मुक्त गरिदैछ । भौतिक पूर्वाधर मन्त्री बोहरा केपि ओली पक्षका मन्त्री हुन् । सुदूरपश्चिम प्रदेश सरकारमा भौतिकपूर्वाधार मन्त्रीमात्रै केपि ओली पक्षका मन्त्री छन् । केन्द्रम भएको विभाजन अनुसार प्रदेशमा प्रचण्ड माधव पक्षको स्पष्ट बहुमत रहेको छ ।

 प्रचण्ड माधव पक्षका केही नेता केपि ओली खेमामा जाने तयारी गरिरहेकै वेला प्रचण्ड माधव समुहका सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले सुदूरपश्चिममा आएर सक्रियता जनाइरहेका छन् ।