धनगढी पोष्ट बिहिबार, ०५ चैत २०८२   March 19, 2026

सुदूरपश्चिमका भौतिक पूर्वाधार मन्त्री बोरहा पद मुक्त

सुदूरपश्चिमका भौतिक पूर्वाधार मन्त्री बोरहा पद मुक्त

धनगढी

 सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री पठान सिंह बोहरालाई पदबाट मुक्त गरिएको छ । बोहरा केपि ओली नेतृत्वको समुहमा गएपनि उनलाई पद मुक्त गरी प्रचण्ड माधव पक्षका संसदलाई ल्याउने तयारी स्वरुप पद मुक्त गरिएको मुख्यमन्त्रीका स्वकिय सचिव शिवसिंह ओलीले बताए ।

 भौतिक पूर्वाधर मन्त्री बोहरा केपि ओली पक्षका मन्त्री हुन् । सुदूरपश्चिम प्रदेश सरकारमा भौतिकपूर्वाधार मन्त्रीमात्रै केपि ओली पक्षका मन्त्री छन् । केन्द्रम भएको विभाजन अनुसार प्रदेशमा प्रचण्ड माधव पक्षको स्पष्ट बहुमत रहेको छ ।

 प्रचण्ड माधव पक्षका केही नेता केपि ओली खेमामा जाने तयारी गरिरहेकै वेला प्रचण्ड माधव समुहका सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले सुदूरपश्चिममा आएर सक्रियता जनाइरहेका छन् ।


ट्रेन्डिङ