धनगढी पोष्ट आइतबार, ०४ माघ २०८२   January 18, 2026

अब एमाले वा माओवादी छैनन् लेखराज भट्ट

धनगढी

 राजधानीमा उपस्थिति सुदूरपश्चिम प्रदेशका नेकपा ओलीनिकट नेताकार्यकर्ताहरुको भेलामा बुधबार उद्योगमन्त्री लेखराज भट्टले अब एमाले वा माओवादी नभई अब नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को लिगेसी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको बताएका छन् ।

 उनले भने– ‘मलाई अध्यक्ष पुष्पकमल दाहालले नै प्रधानमन्त्री ओलीकहाँ ल्याउनुभएको हो, तर अहिले उहाँहरु कहाँ हुनुहुन्छ ?अहिले उहाँहरु माइतीघर मण्डलामा गएर हामी यहाँ छौँ भन्ने अवस्थामा पुग्नुभएको छ, उनले भने– ‘हामी अब उहाँहरुलाई त्यहाँ गएर खोजौँ

दाहालले आफ्नै गुरु मोहन वैद्यको अपमान गरेको भन्दै आफ्नै गुरुको सम्मान गर्न नसक्नेले कसैको सम्मान गर्ननसक्ने पनि भट्टले बताए । कार्यक्रममा प्रधानमन्त्री ओली पनि सहभागि  छन् ।


ट्रेन्डिङ