धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

देशलाई संकटबाट जोगाउन युवा एक हुनुपर्छ – मल्ल

देशलाई संकटबाट जोगाउन युवा एक हुनुपर्छ – मल्ल

धनगढी

  अनेरास्ववियूका पूर्व अध्यक्ष रमेश मल्लले बदलिदो राजनीतिक संकटबाट देशलाई संकट तर्फ जान नदिन युवाहरु एकजुट हुनुपर्ने बताएका छन् ।

 बुधबार धनगढीमा उपलब्ध युवा विद्यार्थी संग छलफल गर्दै उनले राजनीतिक तिक्तताले जनतामा निरासा छाएको र त्यसले लामो समयको त्याग पछि प्राप्त उपलब्धी समेत गुम्ने खतरा बढेको बताए । उनले प्राप्त उपलब्धीको रक्षा गर्दै जनतालाई निरास हुन नदिन युवाहरु एकजुट हुनपर्ने बताए ।

  प्रधानमन्त्री केपि ओलीले संघिय संसद भंग गरेपछि देखिएको विवादलाई मध्यजनर गरी भारतको चण्डिगढमा रहेका नेपाली संग छलफल गरी धनगढी फर्केका उनले बुधबार धनगढीमा युवासंग छलफल गरेका थिए ।

 उनले प्रधानमन्त्री केपि शर्मा ओलीको असंवैधानिक कदमका कारण देशमा गम्भिर संकट आइलागेको बताए । ‘अव देशमा शान्ति स्थायित्व कायम हुन्छ भन्ने हामीले ठुलो अपेक्षा गरेका थियौं’ उनले भने–‘तर प्रधानमन्त्री ओलीको असम्बैधानिक कदमका कारण देश दलदलमा फसेको छ, दलदलबाट माथी ल्याउन ओलीलाई एक्लाउनुको विकल्प  छैन ।’


ट्रेन्डिङ