धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

नेकपा बिभाजन पछि  दुबै पक्षको ध्यान सुदूरपश्चिममा केन्द्रित

प्रधानमन्त्री आउने भएपछि संघिय सरकारका चार मन्त्री धनगढीमा

नेकपा बिभाजन पछि  दुबै पक्षको ध्यान सुदूरपश्चिममा केन्द्रित

धनगढी

 यहि पुस २४ गते धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओली आउने भएपछि संघिय सरकारका ४ जना मन्त्री धनगढी पुगेका छन् ।

 ओली समुहको नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रदेश कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न ओली धनगढी आउने भएपछि त्यसको तयारी एबं आफ्नो समुहको शक्ति प्रर्दशनका लागि ४ जना संघिय मन्त्री धनगढी पुगेका हुन् ।

 सुदूरपश्चिम प्रदेशको हाल राजधानी धनगढीमा रहेकाले त्यसै पनि सुरक्षा सर्तकता बढाएको प्रहरीले एकैचोटी थप ४ जना संघिय मन्त्री धनगढी पुगेपछि सुरक्षा निकायलाई सुरक्षा ब्यबस्था मिलाउन भ्याईनभ्याई भएको छ ।

 ओली समुहको नेकपाका सुदुरपश्चिम संयोजक एवम् उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट ,बन मन्त्री प्रेम आले , श्रम मन्त्री गौरी शङ्कर चौधरी  र सामान्य प्रशासन मन्त्री गणेश सिंह ठगुन्ना धनगढी पुगेका छन् ।

 उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री र श्रम मन्त्री चौधरीसोमबार धनगढी पुगेका हुन् भने बन मन्त्री आले र सामान्य प्रशासन मन्त्री ठगुन्ना मंगलवार धनगढी पुगेका छन् ।

 अनौपचारिक रुपमा बिभाजन भैषकेको नेकपाका नेताहरु आ–आफ्नो समुहमा नेता तथा कार्यकर्ता बढाउने होडबाजीमा रहेका छन् । त्यसैक्रममा धनगढी पुगेका संघिय सरकारका मन्त्रीहरुले पनि कार्यकर्ता भेटघाटलाई तिब्रता दिएका छन् । धनगढीमा  रहेका मन्त्रीहरुले प्रधानमन्त्री आउने कार्यक्रमको तयारी संग संगै प्रचण्ड–माधब समुहमा लागेका प्रदेश तथा जिल्ला स्तरका नेताहरुलाई आफ्नो समुहमा तान्न कसरत गरिरहेका छन् ।

 धनगढी पुगेका ४ वटै संघिय मन्त्री सुदूरपश्चिम प्रदेशकै रहेका कारण पनि कार्यकर्ता तथा आफ्ना जिल्लाका नेताहरुलाई बोलाएर अलग –अलग छलफल तथा भेटघाट भईरहेका छन् ।

 यस अघि झण्डै एक साता धनगढी बसेर फर्किएका नेकपाका स्थायी कमिटि सदस्य एबं प्रचण्ड –माधब समुहका सुदूरपश्चिम प्रदेश  ईन्चार्ज भीम रावलले पनि धनगढीमा आयोजित बिरोध सभा सँम्बोधन संगै जिल्ला र प्रदेश स्तरका नेता तथा कार्यकर्तालाई आफ्नो समुहमा रहन र आफुहरु नै सच्चा नेकपा रहेको  आश्वस्त पारेर फर्किएका थिए ।

 सुदूरपश्चिम प्रदेशमा अहिले सम्म तुलनात्मक रुपमा अर्को समुह भन्दा बलियो देखिएको प्रचण्ड–माधब समुह आफ्ना नेता तथा कार्यकर्ता जोगाउने कसरतमा छ भने ओली समुह अर्को समुहका नेता तथा कार्यकर्तालाई आफ्नो समुहमा तान्ने प्रयासमा छ ।

 प्रदेश सरकार पनि धनगढीमै रहेकाले प्रदेशका अन्य जिल्लाका नेता तथा कार्यकर्ता धनगढीमै केन्द्रित छन् । पहाडी जिल्लमा राजनिति गर्ने नेताहरुका घर पनि धनगढीमै रहेका कारण पनि नेकपा दुबै समुहको ध्यान धनगढीमै केन्द्रित हुनु स्वभाविक रहेको दुबै पक्षका नेताहरु बताउँछन् ।

 पुस २४ गते धनगढीको खुलामन्चमा हुने जनसभाको तयारीको लागि ओली समुहका नेकपा सुदूरपश्चिमका अध्यक्ष कर्ण थापाको संयोजकत्वमा २५ सय २५ जनाको मूल समिति बनाइएको छ । त्यस्तै ७ वटा उप–समिति बनाएर तयारी थालिएको छ ।

 ’२४ गते प्रधानमन्त्री केपी शर्मा ओली आउने कार्यक्रमको तयारी सुरु भएको छ’ नेकपा केन्द्रीय सदस्य एवम् मिडिया संयोजक उदब भट्टराईले भने–‘हरेक स्थानीय तहबाट व्यापक जनताको सहभागिता गराउने तयारी छ ।’


ट्रेन्डिङ