धनगढी
धनगढीका युवा ब्यबसायी एबं तत्कालिन एमालेको सुदूरपश्चिम प्रदेश उद्योग विभाग प्रमुख राजेश भण्डारीलाई नेकपा अध्यक्ष एबं प्रधानमन्त्री केपी ओलीले केन्द्रिय सदस्यमा मनोनयन गरेका छन् ।
शुक्रबार ओली समुहको नेकपा सुदूरपश्चिमले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न धनगढी पुगेका प्रधानमन्त्री ओलीले सभामा सम्बोधन गर्नु अघि कार्यकर्ता भेटघाटका क्रममा युवा ब्यबसायी राजेश भण्डारी र रोम स्वाँरलाई केन्द्रिय सदस्यमा मनोनयन गरेका हुन । दुबै जना यस अघि नेकपाको प्रदेश कमिटी सदस्य समेत रहेका थिए ।
केन्द्रिय सदस्यमा मनोनयन भएका भण्डारीले आफु यस अघि नै नेकपामा रहेको र अहिले नेकपा फुटको नजिक रहेका वेला केपी ओलीको राष्ट्रप्रतिको ईमान्दारीता र विकास प्रतिको लगाव देखेर उनलाई नै समर्थन गरेको बताए । नेकपा बिभाजन हुनु अघि भण्डारी र स्वार नेकपा नेता भीम रावल निकट थिए । अहिले नेता रावल भने प्रचण्ड–माधब समुहमा रहेका छन् ।