धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026
धनगढीमा नेपाली काँग्रेसको बिरोध कार्यक्रम

सुदूरपश्चिमको विकासबारे प्रधानमन्त्रीका हावा गफ : मेयर वड

सुदूरपश्चिमको विकासबारे प्रधानमन्त्रीका हावा गफ : मेयर वड

धनगढी

    धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले प्रधानमन्त्री केपी ओलीले सुदूरपश्चिमको विकासबारे हावा गफ दिएको बताएका छन् ।

  शनिवार नेपाली काँग्रेस कैलाली क्षेत्र नं. ५ ले धनगढीमा शनिबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै मेयर वडले  शुक्रबार धनगढीमा भएको नेकपाको जनसभामा प्रधानमन्त्रीले विकासको हावा गफ दिएको बताए ।

मेयर वडले भने–‘गौरीफन्टा स्तरोन्नतीवारे बोलेर गए, तर किन अझैसम्म निकास पाएको छैन, गेटा मेडिकल कलेज, छ लेन सडक निर्माण मैले गरेर भनेर गफ दिएका छन्,  म प्रधानमन्त्रीलाई अनुरोध गर्छु, हावा गफ   नदिनोस् ।’

  मेयर वडले  रेल र पानी जहाजका हावा गफ नभएर सुदूरपश्चिमका जनतालाई  विकास चाहिएको बताए । उनले अहिलेको सरकारले नेपाली जनताको बलिदानीले प्राप्त संविधानमाथि मनलाग्दी गरेको बताए ।  मेयर वडले भने–‘प्रधानमन्त्रीले व्यक्तिगत स्वार्थपूर्ति गर्न नपाएर संसद विघटन गराएका हुन्, यसका बिरुद्धमा काँग्रेस देशभर नै आन्दोलनमा होमिएको छ ।’

 बिरोध सभामा बोल्दै सुदूपश्चिम पदेश सभा सदस्य तथा डिल्लीराज पन्तले नेपाली काँग्रेस संविधानको रक्षाको लागि र जनताका पिडामा मलम लगाउन सडकमा आएको बताए  । वर्तमान सरकार र नेकपाले नेपालको संविधानमाथि मनलाग्दी गरेको आरोप   लगाए । बजारमा ¥याली सहित निष्केको बिरोध ¥याली रातोपुलमा सभामा परिणत भएको थियो ।

 सभामा नेपाली काँग्रेसका जिल्ला सदस्य नृप सुनार, केशब मिश्र लगायतले पनि मन्तब्य ब्यक्त गरेका थिए ।


ट्रेन्डिङ