धनगढी पोष्ट मङ्गलबार, १३ साउन २०८३   July 28, 2026

सेनाले व्यवस्थापन गर्यो कारोना संक्रमितको शव

सेनाले व्यवस्थापन गर्यो कारोना संक्रमितको शव
file photo

धनगढी, 
    कोरोना संक्रमणका कारण बुधबार बेलुका सेती अस्पतालमा मृत्यु भएका पुरुषको शव सेनाले ब्यबस्थापन गरेको छ । 
    मृतकको शव मोहना नदी किनारमा मापदण्ड अनुसार व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । 
    उनका अनुसार नेपाली सेनाले नै खटाएका ब्रहामणले हिन्दु संस्कार अनुसार मृत्यूपछिको कर्मकाण्ड पुरा गरी आफन्त संगै नेपाल प्रहरी र सशस्त्र प्रहरीको रोहबरमा शवको व्यवस्थापन गरिएको हो । मृतकको शव व्यवस्थापन गर्ने क्रममा सेनाका तोकिएका व्यक्ति बाहेक मृतकका आफन्तले टाढैबाट हेरेका थिए ।