धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कैलाली बहुमुखी क्याम्पस बन्यो सुप विश्वविद्यालयको आगिंक

कैलाली बहुमुखी क्याम्पस बन्यो सुप विश्वविद्यालयको आगिंक

धनगढी

 कैलाली बहुमुखी क्याम्पस सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस बनेको छ ।

 विगत ३ बर्ष देखी कैलाली बहुमुखी क्याम्पसलाई सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस बनाउने प्रक्रिया सुरु भएपनि सहमति जुट्न सकेको थिएन । तर आइतबार देखी भने कैलाली बहुमुखी क्याम्पस सरकारी क्याम्पस बनेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उप–कुलपति प्राध्यापक डाक्टर अम्मराज जोशीले बताए ।

 उनका अनुसार तत्कालका लागि १ सय १० जना प्राध्यापकको नियुक्ति दिने, प्राविधिक विषयका सवै विधामा पठनपाठन सुरु गराउने सहमति सहित कैलाली बहुमुखी क्याम्पसलाई सुप विश्वविद्यालयको आंगिक क्याम्पस बनाउने सहमति भएको हो ।

 सुदूरपश्चिमान्चल बिश्वबिद्यालयको केन्द्र रहेको महेन्द्रनगरमा आईतबार कैलाली बहुमुखी क्याक्पस ब्यबस्थापन समितिका उपाध्यक्ष नृप बहादुर वड र बिश्व बिद्यालयका उपकुलपति अम्मराज जोशीले सहमति पत्रका हस्ताक्षर गरेका छन् ।

 कैलाली बहुमुखी क्याम्पस सुदूरपष्श्चिमाञ्चलको आंगिक क्याम्पस बनेपछि कैलाली बहुमुखी क्याम्पसमा सञ्चालन हुने नयाँ भर्ना सुप विश्व विद्यालयले नै सञ्चालन गर्ने छ । तर यस अघि भर्ना भई अध्ययन गरिरहेका विद्यार्थीको परिक्षा सञ्चालन भने त्रिभुवन विश्वविद्यालयले नै सञ्चालन गर्ने उप–प्राध्यापक जोशीले बताए ।

कैलाली बहुमुखी क्याम्पसका स्ववियु सभापति चुडामणी भट्टले आफ्नो पहिलो एजेण्डा पुरा भएको बताए । ‘स्ववियू निर्वाचनमा मैले कैलाली बहुमुखी क्याम्पसलाई सरकारी क्याम्पस बनाउने एजेण्डा दिएको थिए’ उनले भने–‘आज मेरो एजेण्डा पुरा भएको छ ।’

देशकै दोश्रो ठुलो विश्वविद्यालय बन्यो सुदूरपश्चिमाञ्चल

 आइतबार कैलाली बहुमुखी क्याम्पसलाई आंगिक क्याम्पसमा नियुक्त गरे संगै सुदूरपश्चिमाञ्चल विश्व विद्यालय देशकै दोश्रो ठुलो विश्वविद्यालय बनेको छ ।

 सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उप–कुलपति अम्मराज जोशीका अनुसाार आइतबार पछि सुप विश्व विद्यालयमा २० हजार बढी विद्यार्थी आवद्ध भएका छन् भने ६ सय बढी प्राध्यापक तथा शिक्षक रहेका छन् । यति ठुलो संख्यामा विद्यार्थी र प्राध्यापक त्रिभुवन विश्वविद्यालयमा मात्रै रहेको उप–कुलपति जोशीले बताए । उनले थप ६ वटा क्याम्पसलाई समेत आंगिक क्याम्पसमा जोड्ने गरी प्रक्रिया अगाडी बढाइएको बताए ।


ट्रेन्डिङ