धनगढी
संवैधानिक निकायमा गरिएको नियुक्तिको विषयलाई लिएर देश व्यापी आम हड्ताल घोषणा गरेको नेकपा प्रचण्ड–नेपाल समूहले धनगढीका विभिन्न स्थानमा टायर बालेर प्रर्दशन गरेका छन् ।
धनगढीको क्याम्पस चौक, ट्राफिक चौराह, शहिदगेट चटकपुरमा जम्मा भएका नेकपाका नेता कार्यकर्ताले टायर बालेर प्रर्दशन गर्दै सरकार विरुद्ध नारावाजी गरेका छन् ।
बिहानैदेखि रोडमा निस्किएका नेता कार्यकर्ताले छिटफुट रुपमा खुलेका पसल समेत बन्द गराउन थालेका छन् भने कुनै पनि सवारी साधन नचलाउन आग्रह गरिरहेका छन् ।
प्रतिनिधिसभा विघटन गरि संसदीय सुनुवाइ बिना नै पदाधिकारी नियुक्त गरेर मुलुकमा विधिको शासनलाई चुनौती दिइएकाले आमहड्ताल गर्नुपरेको नेकपाले जनाएको छ । हड्तालका कारण बिहानैदेखि बजार व्यवसाय, शैक्षिक संस्था, सार्वजनिक यातायता सेवा लगायतका सेवा प्रभावित भएका छन् ।