धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

थरुहट थारुवान मोर्चाद्वारा थप संघर्षका कार्यक्रम घोषणा

थरुहट थारुवान मोर्चाद्वारा थप संघर्षका कार्यक्रम घोषणा

धनगढी

 थरुहट थरुवान राष्ट्रिय मोर्चाले थप आन्दोलका कार्यक्रम सार्वजनिक गरेको छ ।

 यही फागुन १५ र १६ गते कैलालीको कैलालरी गाउँपालिकामा आयोति मोर्चाको विशेष राष्ट्रिय सम्मेलनले देशव्यापि आन्दोलनको घोषणा गरेकोहो ।

 सममेलनले प्रचार प्रसार तथा जनजवागरण अभियानलाई यथावत राख्दै थरुहट संग मुद्धा मिल्ने अन्य शक्ति संग सहकार्य गर्ने निर्णय समेत गरेको जनाइएको छ ।

 सहकार्य गरिएका शक्ति संग अन्तरक्रिया तथा संयुक्त भेला गर्ने निर्णय गरिएको थरुहट थारुवान राष्ट्रिय मोर्चाका कार्यवाहक संयोजक श्रवण थारुले बताए ।

 भेलाले गरेका निर्णय बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले सहकार्य गरिएका शक्ति संगै रहेर चैत २० गते झापा, मोरङ,  सुनसरीको संयुक्त भेला सुनसरीमा गर्ने, चैत २१ गते सिराह, सप्तरी र उदयपुरको संयुक्त भेला सप्तरीमा गर्ने कार्यक्र तय गरिएको बताए ।

 यसैगरी चैत २२ गते महोतरी, सर्लाही र धनुषाको संयुक्त भेला महोतरीमा गर्ने, चैत २४ गते बारा, पर्सा र रौहतटको भेला बारामा गर्ने, चैत २५ गते कमवानपु र चितवनको संयुक्र भेला गर्ने, चैत २६ गते नवलपरासी, र रुपन्देहीको संयुक्त भेला रुपन्देशीमा गर्ने, चैत २७ गते कपिलवस्त, २८ गते दाङ, २९ गते सुर्खत र बाँकेको संयुक्त भेला आयोजना गर्ने कार्यक्रम तय गरिएको कार्यवाहक अध्यक्ष चौधरीले बताए ।

 उनका अनुसार संयुक्त मोर्चाले चैत ३० गते बर्दियामा भेला गर्ने छ भने चैत ३१ गते कञ्चनपुरमा भेला गर्ने कार्यक्रम तय गरिएको उनले बताए ।

 २०७८ बैशाख ४ गते चितवनमा मोर्चाको विस्तारिक पूर्ण बैठक बस्ने बैशाख ५ गते बैठकका निर्णय सार्वजनकि गर्ने र बैशाख १० गते १० लाख हस्ताक्षर सहितको ज्ञापन पत्र सिडियो मार्फत राष्ट्रपतिलाई  बुझाउने कार्यक्रम रहेको उनले बताए ।


ट्रेन्डिङ