धनगढी पोष्ट मङ्गलबार, १३ साउन २०८३   July 28, 2026

झपट बोहरालाई पद निलम्बनको लागि सचिवालयमा निवेदन दर्ता

झपट बोहरालाई  पद निलम्बनको लागि सचिवालयमा निवेदन दर्ता

धनगढी

  माओवादी केन्द्रले आफ्नो पार्टीबाट प्रदेश सभा सदस्य बनेका झपट बोहराको सदस्य पद निलम्बन गर्नका लागि सुदूरपश्चिम प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराएको छ ।

  माओवादी केन्द्रले टिकट दिएर अछामको क्षेत्र नम्बर १ को ख बाट प्रदेश सभा सदस्यमा विजयी भएका वोहरा पछिल्लो समय माओवादी केन्द्रलाई त्यागेर नेकपा एमालेमा रहेका छन् ।

  बोहरा केही महिना अघि सम्म सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका थिए । उनले तत्कालिन नेकपामा बिभाजन पछि मन्त्री पदबाट राजिनामा दिएका थिए ।