धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

लुम्बिनीका मुख्यमन्त्री पोखरेल बिरुद्ध फेरि अबिश्वास प्रस्ताव दर्ता

यसअघि वैशाख ६ मा विपक्षी दलले संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । उक्त अविश्वास प्रस्तावले सदनमा छलफल तथा मतदानमा प्रवेश नपाएको तथ्य देखाउँदै नयाँ प्रस्तावको दर्ता गरिएको हो ।

काठमाडौं ।  विपक्षी गठबन्धनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध आइतबार फेरि अविश्वास प्रस्ताव दर्ता गरेको छ ।  कांग्रेसको प्रस्ताव र जनता समाजवादी पार्टीको समर्थनमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छ ।

दोश्रो पटक दर्ता गरिएको अबिश्वास प्रस्तावमा ४० जना सांसदले हस्ताक्षर गरेको कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले बताए ।

यसअघि वैशाख ६ मा विपक्षी दलले संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । उक्त अविश्वास प्रस्तावले सदनमा छलफल तथा मतदानमा प्रवेश नपाएको तथ्य देखाउँदै नयाँ प्रस्तावको दर्ता गरिएको हो ।

यसअघि गत १९ गते अविश्वासको प्रस्तावमाथि छलफल हुनुअघि मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका थिए । सोही दिन उनी विवादास्पद ढंगबाट पुनः मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

त्यसदिन विपक्षी गठबन्धनले आफुहरूको पक्षमा बहुमत सांसदहरू रहेको भन्दै प्रदेश प्रमुख धर्मनाथ यादवलाई हस्ताक्षर बुझाउँदा पनि उनले पोखरेललाई नै नियुक्ति गरेका थिए । मुख्यमन्त्री बनेका पोखरेलले पदमुक्त भइरहेका माओवादी केन्द्रका सांसदहरूको समेत हस्ताक्षर बुझाएका विपक्षीहरूको आरोप छ ।

प्रदेश प्रमुख यादवले विपक्षीको विरोधका बीच मुख्यमन्त्री नियुक्त मात्रै गरेनन्, मुख्यमन्त्री कार्यालयमै गएर शपथ समेत खुवाएका थिए ।

वैशाखमा ६ मा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका ४१ सांसदले अविश्वासको प्रस्ताव संसदमा दर्ता गराएका थिए । अविश्वासको प्रस्ताव दर्ता भएकै दिन पोखरेलले त्यसमा हस्ताक्षर गर्ने सहितका जनता समाजवादी पार्टीका चार जनालाई मन्त्री बनाएका थिए । जसपाले मन्त्री बनेका ४ जनाको सांसद पद खोसेको थियो ।


ट्रेन्डिङ