धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

एसइइ र कक्षा १२ को परिक्षा स्थगित

एसईई जेठ १३ गतेबाट र कक्षा १२ को परीक्षा जेठ २६ गतेबाट सञ्चालन गर्ने  तयारी थियो । परीक्षा तालिका प्रकाशित भइसकेको थियो । तर, कोरोनाको दोस्रो लहर तीव्र बनेपछि परीक्षा स्थगित गरिएको हो ।

एसइइ र कक्षा १२ को परिक्षा स्थगित

काठमाडौं । कोरोना संक्रमणको जोखिम बढेको भन्दै एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ । कोरोना महामारीको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै राष्ट्रिय परीक्षा बोर्डको सोमबार बिहान बसेको बैठकले तत्कालका लागि दुवै तहको परीक्षा स्थगित गर्नेपरीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

एसईई जेठ १३ गतेबाट र कक्षा १२ को परीक्षा जेठ २६ गतेबाट सञ्चालन गर्ने  तयारी थियो । परीक्षा तालिका प्रकाशित भइसकेको थियो । तर, कोरोनाको दोस्रो लहर तीव्र बनेपछि परीक्षा स्थगित गरिएको हो ।

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यका लगायत देशभरका अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

यसअघि पूर्व निर्धारित सबै परीक्षा स्थगित भएका थिए ।

ट्रेन्डिङ