धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

गण्डकीमा बिपक्षी गठबन्धनमा हस्ताक्षर नगर्ने सांसदलाई जनमोर्चाले सोध्यो स्पष्टीकरण

पार्टीले हस्ताक्षर गर्न नमान्ने सांसदलाई बुधबार स्पष्टीकरण सोधेको छ ।

काठमाडौं । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा सरकार गठनका लागि विपक्षी गठबन्धनमा हस्ताक्षर नगर्ने प्रदेशसभा सांसदमाथि कारबाही प्रक्रिया सुरु गरेको छ । पार्टीले हस्ताक्षर गर्न नमान्ने सांसदलाई बुधबार स्पष्टीकरण सोधेको छ ।

जनमोर्चाको गण्डकी प्रदेशको संसदीय दलका नेता समेत रहेका कृष्ण थापाले विपक्षी गठबन्धनको पक्षमा हस्ताक्षर गर्न नमानेपछि उनलाई स्पष्टीकरण सोधिएको जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बताए ।

स्पष्टीकरण सोधिएको छ । कारबाही प्रक्रिया सुरु भयो ।’  अध्यक्ष केसीले भने । स्पष्टीकरण दिन तोकिएको अवधि भने उनले खुलाएनन् ।


ट्रेन्डिङ