धनगढी पोष्ट आइतबार, ०४ माघ २०८२   January 18, 2026

ओलीलाई जोगाउन भारत खुलेर लागेको माधब झलनाथ पक्षको निष्कर्ष

ओलीलाई जोगाउन र निरन्तरता दिन भारत खुला रुपमा आएको कारण परिस्थिति जटिल बनेको हो भन्ने निष्कर्ष आजको छलफलको रह्यो,

काठमाण्डौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले प्रधानमन्त्री केपी शर्माको नेतृत्वलाई जोगाउन भारत खुला रुपमा आएको निष्कर्ष निकालेको

मंगलबार नेपाल पक्षका स्थायी कमिटीका सदस्यको भर्चुअल छलफलमा भारत खुल्लमखुल्ला ओलीको निरन्तरताका लागि लागिपरेकाले नयाँ गठनमा कठिनाइ उत्पन्न भएको निष्कर्ष निकालेको हो

ओलीलाई जोगाउन निरन्तरता दिन भारत खुला रुपमा आएको कारण परिस्थिति जटिल बनेको हो भन्ने निष्कर्ष आजको छलफलको रह्यो, नेता बेदुराम भुसालले भने,  ‘यसैले नयाँ सरकार बनाउन अफ्ठ्यारो भयो

भुसालले भारतका सत्तारुढ दल भारतीय जनता पार्टीका नेता सुब्रमन्यम स्वामीको पछिल्लो अभिव्यक्ति त्यसैको एउटा उदाहरण भएको बताए

यद्यपि नयाँ सरकार गठनमा आफुहरुको भूमिका नहुने भुसालको भनाइ