धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

माधव सहित चार नेतामाथिको कारवाही फुकुवा

नेपाल पक्षले राजीनामा दिने तयारी गरेपछि  केपी ओलीले यस्तो निर्णय गरेका हुन ।

माधव सहित चार नेतामाथिको कारवाही फुकुवा

काठमाडौं । नेकपा–एमालेको स्थायी समिति बैठकले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतामाथि गरेको कारबाही फुकुवा गरेको छ।

बालुवाटारमा बिहीवार बसेको स्थायी कमिटी बैठकले नेता नेपाल सहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसालमाथिको कारवाही फुकुवा गरेको हो ।

सो कारबाही बैठकले फुकुवा गरेको स्थायी समिति सदस्य विष्णु रिमालले बताए । नेपाल पक्षले राजीनामा दिने तयारी गरेपछि  केपी ओलीले यस्तो निर्णय गरेका हुन । पार्टी एकतालाई बचाइ राख्न नेताहरुमाथि कारवाही फुकुवा गर्ने प्रस्ताव ओलीले बैठकमा राखेका थिए ।


ट्रेन्डिङ