धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

प्रधानमन्त्री ओलीद्धारा पुरानै मन्त्रीपरिषदलाई निरन्तरता

प्रधानमन्त्री ओलीलाई साथ जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो नेतृत्वको समूहले सरकारमा सहभागिताका बारेमा छलफल  गरिरहेको छ ।

प्रधानमन्त्री ओलीद्धारा पुरानै मन्त्रीपरिषदलाई निरन्तरता

काठमाण्डौं  । तेश्रो पटक प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले आज शुक्रवार गठन गरेको नयाँ मन्त्रिपरिषदमा पनि पुरानै मन्त्रीहरुलाई निरन्तरता दिएका छन् । 

सरकारमा सहभागी हुने बारेमा जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल जारी रहेकोले नयाँ मन्त्रीहरु नथपिएको ओली निकट एमाले नेता गोकुल बाँस्कोटाले बताए ।

‘अझै  सहमति हुन बाँकी छ । उहाँहरुसँग कसरी सहमति हुन्छ, त्यय  आधारमा मात्रै नयाँ मन्त्रीहरुको बारेमा निर्णय हुन्छ’ बाँस्कोटाले भने, ‘त्यसैले सबै पुरानै मन्त्रिपरिषदलाई निरन्तरता दिइएको हो ।’

प्रधानमन्त्री ओलीलाई साथ जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो नेतृत्वको समूहले सरकारमा सहभागिताका बारेमा छलफल  गरिरहेको छ ।   तर, अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई भने विपक्षी दलहरुको गठबन्धनलाई साथ दिइरहेका छन् ।

कुनै पनि दलले  बहुमतको दावी गर्न नसकेपछि संविधानको धारा ७६९३० अनुसार सबै भन्दा ठूलो राजनीतिक दलको संसदीय दलको नेताको रुपमा प्रधानमन्त्री ओलीले अल्पमतको सरकारको नेतृत्व गरिरहेका छन् ।


ट्रेन्डिङ