धनगढी पोष्ट आइतबार, ०४ माघ २०८२   January 18, 2026

काँग्रेस संसद बिगठन बिरुद्ध राजनैतिक र कानुनी लडाइमा जाने

राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार सबेरै प्रधानमन्त्रीको सिफारिसमा संसद भंग गरि आउँदो कात्तिक २६ र मंसिर ३ गतेका लागि मध्यावधि चुनाव घोषणा गरेकी छन् ।

काँग्रेस संसद बिगठन बिरुद्ध राजनैतिक र कानुनी लडाइमा जाने

काठमाडौँ नेपाली कांग्रेसले संसद विघटन विरुद्ध कानूनी राजनीतिक लडाईँमा जाने निर्णय गरेको

सभापति शेरबहादुर देउवा निवासमा शनिबार बिहान बसेको कांग्रेस पदाधिकारी तथा पुर्व पदाधिकारीको बैठकले विघटन विरुद्ध अदालतको ढोका ढकढक्याउने तथा राजनीतिक रुपमा प्रतिवाद गर्ने निर्णय गरेको हो

बैठकाले शुक्रबार मध्यरातमा राष्ट्रपतिबाट भएको कदमको विरोध गरेको    सो  निर्णय विरुद्ध कानूनी राजनीतिक लडाईँमा जाने निर्णय गरेको काँग्रेसका बष्रिठ नेता रामचन्द्र पौडेलले बताए

उनले सरकारका लागि दाबी प्रस्तुत गर्दा गर्दै सरकार गठनको आधार नदेखिएको भन्दै संसद नै भंग गर्नु असंवैधानिक रहेको ठहर कांग्रेसले गरेको बताए

कानूनी तथा राजनीतिक रुपमा प्रतिवाद गर्ने निर्णय पार्टीमा भएको थप रणनीतिबारे विपक्षी दलसँगको संयुक्त बैठकमा छलफल हुने उनले बताए

राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार सबेरै प्रधानमन्त्रीको सिफारिसमा संसद भंग गरि आउँदो कात्तिक २६ मंसिर गतेका लागि मध्यावधि चुनाव घोषणा गरेकी छन्