धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

ठाकुर र महतोको बालुवाटारमा ओलीसँग तीन घण्टा  छलफल

साँझ ७ : १५ देखि राति १० बजेसम्म बालुवाटारमा छलफल भएको हो ।

ठाकुर र महतोको बालुवाटारमा ओलीसँग तीन घण्टा  छलफल

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा करिब तीन घन्टा बिताएर शनिबार अबेर फर्केका छन् ।

स्रोतका अनुसार उनीहरुबीच साँझ ७ : १५ देखि राति १० बजेसम्म बालुवाटारमा छलफल भएको हो ।

विकसित राजनीतिक घटनाक्रममा जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो ओलीसँग निकट छन् ।

यसअघि शनिबार दिउँसो नेताद्वय ठाकुर र महतो भारतीय दूतावास पुगेका थिए ।

 


ट्रेन्डिङ