धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सुदुरपश्चिम सरकारलाई निरन्तरता दिने निर्णयमा ओली पक्षीय सांसदहरुको बिरोध

सुदुरपश्चिम सरकारलाई निरन्तरता दिने निर्णयमा ओली पक्षीय सांसदहरुको बिरोध

धनगढी । माओवादी नेतृत्वको सुदुरपश्चिम सरकालाई दिएको समर्थन नलिने एमाले सुदुरपश्चिम संसदिय दलको निर्णयप्रति ओली पक्षीय सांसदहरुले बिरोध वगरेका छन् ।

“पार्टीको निर्णय बिपरित बर्तमान सरकारलाई निरन्तरता दिने निर्णय भएको छ ।” ओली पक्षीय सांसद एवम पुर्व मन्त्री बोहराले धनगढी पा्ष्ट न्युजसँग  भने  “पार्टी बिपरितको  यस निर्णयमा हाम्रो समर्थन छैन ।”

पार्टीले निर्णय गरिसेकपछि आफुहरुले सरकारलाई निरन्तरता दिने कार्यको बिरोध गरेको र बिरोधका बीचमा नै निर्णय भएकोले असहमति रहेको बोहराले बताए ।

एमाले सुदुपश्चि संसदिय दलको बैठकमा २१ सांसदको उपस्थिति रहेको थियो  । उपस्थित मध्य १७ जना माधव पक्षीय र ४ जना केपी ओली पक्षीय सांसदहरु हुन् ।

आधिकारित पत्र नआएको भनेर पार्टीको निर्णय नमान्नु र बजेटको तयारी गर्नु पार्टी निर्णय बिपरित जाने कार्य भएकोले आफुहरु (ओली पक्षीय) को असहमति भएको बोहराले बताए ।

बुधबार बसेको एमाले संसदिय दलको बैठकले बर्तमान सरकारलाई निरन्तरता दिने र उपयुक्त समयमा   एमालेको नेतृत्वमा सरकार गठनका लागि आवश्यक पहल गर्ने जिम्मेवारी संसदिय दलका नेता प्रकाश शाहलाई  दिने निर्णय गरेको थियो ।

पार्टी निर्णय पालना गर्नु पर्ने आफुहरुले बिचार राखे पनि बहुमतका नाममा आफु अनुकुल निर्णग लेख्ने काम भएको बोहराले बताए ।

एमाले स्थायी समितिको सोमबारको बैठकले सुदुरपश्चिममा माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । पार्टीको आधिकारिक पत्र नआएको भन्दै संसदिय दलको बैठकले बर्तमान सरकारलाई नै निरन्तरता दिने निर्णय गरेको थियो ।

 


ट्रेन्डिङ