धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

प्रतिनिधि सभा बिगठन बिरुद्धको मुद्धामा एक निवेदकलाई १० मिनेट मात्र

संवैधानिक इजलासमा ३० थान मुद्दामाथि सुनुवाइ हुँदै छ ।

प्रतिनिधि सभा बिगठन बिरुद्धको मुद्धामा एक निवेदकलाई १० मिनेट मात्र

काठमाडौं ।  प्रतिनिधि सभा विघटन विरुद्ध परेका रिटमाथि बहस गर्न यसपटक शुरुबाटै टाइम कार्ड लागु गरिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुरू भएको सुनुवाइका लागि एक निवेदकलाई १० मिनेटको समय तोकिएको छ ।

जसअनुसार एउटा निवेदनबाट जति जनाले बहस गरे पनि १० मिनेटभित्र सकाउनु पर्नेछ । संवैधानिक इजलासमा ३० थान मुद्दामाथि सुनुवाइ हुँदै छ ।

यसअघि प्रतिनिधि सभा विघटन हुँदा परेको मुद्दामा बहस गर्दा एक जना अधिवक्ताले नै घण्टौं समय लिएका कारण सुनुवाइ लम्बिएको थियो । त्यसैलाई मध्यनजर गर्दै यसपटक सुरुबाटै बहसको समय सीमा तोकेको हो । यद्यपि, वरिष्ठको हकमा भने समयसीमाबारे केही उललेख गरिएको छैन । 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ सुरू भएको हो । अधिवक्ता सन्तोष भण्डारीले बहस सुरु गरेका छन् ।

प्रधानन्यायाधीश जबराले आफ्नो नेतृत्वमा न्यायाधीशहरु दीपक कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बम कुमार श्रेष्ठ सदस्य रहेको इजलास गठन गरेका थिए ।

 

 


ट्रेन्डिङ