धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

रानी  जमरा कुलरिया सिचाइआयोजानाको बिद्युत गृहबाट ४ दशमलब ७ मेघावाट बिद्युत उत्पादन गरिने

आर्थिक बर्ष २०७८।२०७९ को बजेट प्रस्तुत गर्दै पौडेलले  आयोजनाको दोश्रो चरण अन्तरगत लम्की एक्सटेन्शनको १५ किलोमीटर मुल र ५ किलोमीटर शाखा नहर निर्माण सम्पन्न गरिने बताए ।

धनगढी । रानी जमरा कुलरिया सिचाइ आयाजना अन्तरगत पहिलो चरणको  नौ किलोमीटर आगामी आर्थिक बर्षभित्र निर्माण सम्पन्न गरि थप तीन हजार हेक्टर क्षेत्रमा सिचाई सुविधा उपलव्ध गराइने अर्थमन्त्री बिष्णु पौडेलले बताएका छन् ।

आर्थिक बर्ष २०७८।२०७९ को बजेट प्रस्तुत गर्दै पौडेलले  आयोजनाको दोश्रो चरण अन्तरगत लम्की एक्सटेन्शनको १५ किलोमीटर मुल र ५ किलोमीटर शाखा नहर निर्माण सम्पन्न गरिने बताए ।

आगामी तीन बर्षभित्र यस आयोजानको सम्पुर्ण काम सम्पन्न गरि २० हजार ३ शय हेक्टर क्षेत्रफलमा सिचाइ सुविधा पुरयाइनेछ । आयोजना अन्तरगतको बिद्युत गृहबाट  ४ दशमलब ७ मेघावाटको बिद्युत उत्पादन गरिनेछ । यस आयोजानका लागि २ अर्ब ३५ करोड रकम बिनियोजना गरेका छन् ।

ट्रेन्डिङ