धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

यस्तो छ  पुनर्गठित मन्त्रीमण्डल

जसपाबाट ८ मन्त्री र २ राज्यमन्त्री थपेका प्रधानमन्त्री ओलीले वर्तमान क्याबिनेटमा रहेका अर्थमन्त्री पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठ बाहेक सबै मन्त्रीलाई

यस्तो छ  पुनर्गठित मन्त्रीमण्डल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार तीन उपप्रधानमन्त्री थप्दै मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

वर्तमान क्याबिनेटमा रहेका अर्थमन्त्री विष्णुप्रसाद पौडेल उपप्रधानमन्त्रीमा बढुवा भएका छन् भने जसपाबाट नेतृत्व गर्दै राजेन्द्र महतो उपप्रधानमन्त्री सहित सहरी विकास मन्त्री बनेका छन् ।

यस्तै, एमालेका रघुवीर महासेठ उपप्रधानमन्त्री र परराष्ट्र मन्त्री बनेका छन् । जसपाबाट ८ मन्त्री र २ राज्यमन्त्री थपेका प्रधानमन्त्री ओलीले वर्तमान क्याबिनेटमा रहेका अर्थमन्त्री पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठ बाहेक सबै मन्त्रीलाई विदा गरेका छन् ।

तर, प्रधानमन्त्री ओलीले आफुसँग सात वटा मन्त्रालय राखेका छन् । पुनर्गठित मन्त्रिपरिषद्का सदस्यहरूले शुक्रबार साँझै शपथ लिएका छन् ।

यस्तो छ नयाँ कार्यविभाजन :

प्रधानमन्त्री केपी शर्मा ओली : रक्षा, गृह, सञ्चार, पर्यटन, उद्योग वाणिज्य, कृषि, र सामान्य प्रशासन मन्त्रालय

विष्णु पौडेल : उपप्रधानमन्त्री तथा अर्थमन्त्री

राजेन्द्र महतो : उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री

रघुवीर महासेठ :  उपप्रधान तथा परराष्ट्रमन्त्री

लीलानाथ श्रेष्ठ :  कानून न्याय तथा संसदीय मामिलामन्त्री

बसन्तकुमार नेम्वाङ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री

शेरबहादुर तामाङ : स्वास्थ्यमन्त्री

कृष्णगोपाल श्रेष्ठ :शिक्षामन्त्री

 

 


ट्रेन्डिङ