कार्यकर्तालाई नेपालको निर्देशनः ठोस परिणाम नआएसम्म संगठन बनाउन नरोक्नू, वडा तहसम्मै पुग्नु

नेता नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले निरन्तर गुट र फुटको अभ्यास गरिरहेकोले ठोस परिणाम नआई पार्टी एकताका नाममा हुने प्रचार र भ्रममा नपर्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

कार्यकर्तालाई नेपालको निर्देशनः ठोस परिणाम नआएसम्म संगठन बनाउन नरोक्नू, वडा तहसम्मै पुग्नु

काठमाण्डौं । पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टी एकताको विषयमा ठोस परिणाम नआई संगठन निर्माणको काम नछाड्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

नेता नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले निरन्तर गुट र फुटको अभ्यास गरिरहेकोले ठोस परिणाम नआई पार्टी एकताका नाममा हुने प्रचार र भ्रममा नपर्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

केपी ओलीबाट निरन्तर फुट र गुटको अभ्यास भइरहेकोले कुनै ठोस परिणाम नआई पार्टी एकताका नाममा हुने प्रचार र भ्रममा नपरी आआफ्नो ठाउँमा सशक्त र एकताबद्ध रुपमा संगठन निर्माणको काममा सक्रिय रहन, उत्साहित भएर सबैको मनोबल उच्च बनाउन सम्पूर्ण नेता, कार्यकर्ता र सदस्यहरुमा हार्दिक आव्हान गर्दछौं, नेता नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनले आफु पक्षीय कार्यकर्ताहरुसँग वडास्तरसम्मै संगठन बनाउन निर्देशन दिएका छन् ।

केन्द्रीय कमिटीका सदस्यहरुसँग भएको दुई दिने परामर्शमा आएको सुझाव सहित स्थायी कमिटीको बैठकले पारित गरेको प्रस्तावहरु नेता नेपालले सार्वजनिक गरेका हुन् ।