धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

राजेन्द्र महतोको  नागरिकताको छानबीनको माग गर्दैै अख्तियारमा उजुरी

उपप्रधानमन्त्री भए लगत्तै महतोले  ‘बहुल राष्ट्र’ को नारा पक्षमा अभिव्यक्ति दिएका थिए । उनको सो अभिव्यक्तिको चौतर्फी आलोचना भएको थियो ।

राजेन्द्र महतोको  नागरिकताको छानबीनको माग गर्दैै अख्तियारमा उजुरी
राजेन्द्र महतो

काठमाण्डौं । सर्वोच्च अदालतले मंगलबार पदमुक्त गराएका उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री राजेन्द्र महतोको नागरिकता छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

अधिवक्ताहरु वीरभद्र जोशी, तुलसीराम पराजुली र अनिता बजगाईंले मंगलबार महतोको नागरिकता छानबिन गर्न माग गर्दै अख्तियारमा उजुरी दर्ता गरेका हुन् । ।

उपप्रधानमन्त्री भए लगत्तै महतोले  ‘बहुल राष्ट्र’ को नारा पक्षमा अभिव्यक्ति दिएका थिए । उनको सो अभिव्यक्तिको चौतर्फी आलोचना भएको थियो ।

मन्त्री पद फुस्किएकै दिन मंगलबारै महतोको नागरिकता छानबिन गर्न माग गर्दै अख्तियार उजुरी परेको हो ।

ट्रेन्डिङ