धनगढी पोष्ट बिहिबार, ०५ चैत २०८२   March 19, 2026

सर्वोच्चको फैसलालाई जित–हारको रूपमा नलिन देउवाको आग्रह

सर्वोच्चको फैसलालाई जित–हारको रूपमा नलिन देउवाको आग्रह

धनगढी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना भएको विषयलाई जित र हारका रूपमा नलिन आग्रह गरेका छन् ।

सोमबार विज्ञप्ति जारी गर्दै सभापति देउवाले देश र जनताको हितमा संयम र एकताका साथ समर्पित भएर कार्य गर्न फैसलाले अझै जिम्मेवार बनाएको उल्लेख गरेका छन् । सर्वोच्चले आज (सोमबार) प्रतिनिधि सभा पुनर्स्थापना गर्दै देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।

देश र जनताको हितमा संयम र एकतासाथ समर्पित भएर कार्य गर्न हामी सबैलाई फैसलाले अझ जिम्मेवार बनाएको छ देउवाले भने–‘–कसैले पनि यसलाई ब्यक्तिगत जीत हारको बिषयका रूपमा नलिई लोकतन्त्र, लोकतान्त्रिक संविधान अनि समग्रमा देश र जनताको हितमा उपयोग गरेर जानुपर्दछ भन्ने अपील र आग्रह गर्न चाहन्छु । सभापति देउवाले सर्वोच्चको फैसला ऐतिहासिक र स्वागत योग्य भएको बताएका छन् ।


ट्रेन्डिङ