धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सर्बोच्चको विरोधमा युवा संघद्वारा राकेजुलुस

धनगढी स्थित सुदुरपश्चिमका मुख्यमन्त्री तथा मन्त्रपरिषदको कार्यालय अगाडी राकेजुलुस निकालेका छन् ।

सर्बोच्चको विरोधमा युवा संघद्वारा राकेजुलुस

धनगढी  । संसद विगटन बदर गरेको विरोधमा राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले धनगढी स्थित सुदुरपश्चिमका मुख्यमन्त्री तथा मन्त्रपरिषदको कार्यालय अगाडी राकेजुलुस निकालेका छन् ।

षडयन्त्रकारी शक्ति होसियार, अदालतको पक्षपाती फैसला मान्दैनौं, देश विभाजन गर्न खोज्ने शक्ति होसियार भन्दै युवाहरुले नारावाजी गरेका थिए ।

¥याली समापन गर्दै युवा संघ कैलालीका संयोजक तथा नेकपा एमाले कैलाली जिल्ला कमिटि सदस्य विष्णु चन्दले अदालतबाट नातावादको झल्को दिने गरी फैसला आएको बताए ।

‘प्रधान न्यायाधिश चोलेन्द्र शमशेर जबराले नातावादबाट प्रभावित भएर फैसला गरेका छन्’ उनले भने– ‘हो फैसला मान्य हुने छैन, देश विखण्डन गर्न खोज्नेलाई जनताले लखेट्नेछन् ।’     

 


ट्रेन्डिङ