ओलीले भने–माधव नेपाल गद्धार हुन्

ओलीले भने–माधव नेपाल गद्धार हुन्

धनगढी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई गद्दारको संज्ञा दिएका छन् । नेता नेपालले नै आफ्नो सरकार ढाल्न अगुवाइ गरेको भन्दै ओलीले नेता नेपाललाई गद्धार भएको र त्यसतालाई क्षमा दिन नसकिने बताए । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेर बालकोट पुगेका ओलीले समर्थकहरुलाई सम्बोधन गर्दै आफूलाई जालझेल गरेर हटाइएको बताए ।

निवर्तमान प्रधानमन्त्री समेत रहेका ओलीले आफ्नो नेतृत्वको विकास प्रेमी सरकार ढाल्न अगुवाइ गरेको भन्दै नेता नेपालको आलोचना गरे । हिजो पनि प्रधानमन्त्री शेरबहादुर देउवा सपथका लागि नपुग्दै नेता नेपाल शीतल निवास पुगेका थिए उनले भने–‘माधव नेपाल जस्ता गद्दारलाई कुनै क्षमा गर्न सकिन्नँ ।

समर्थकहरुलाई  आफ्नो घरको बारदलीबाट सम्बोधन गरेका एमाले अध्यक्ष ओली आफूलाई प्रधानमन्त्रीबाट अकारण हटाइएको दाबी गरे । तर आफूले देशका लागि राम्रो काम गरेको र विकास गरेकाले ग्लानी नभएको निवर्तमान प्रधानमन्त्री ओलीले बताएका छन् ।