धनगढी पोष्ट सोमबार, ०८ मङि्सर २०८२   November 24, 2025

प्रेम आले सहित ओली पक्षका सांसदले दिए देउवालाई बिश्वासको मत

माधव नेपाल पक्षका सांसदहरुले पनि देउवाको पक्षमा मत दिएका छन् ।

प्रेम आले सहित ओली पक्षका सांसदले दिए देउवालाई बिश्वासको मत

काठमाण्डौं   प्रतिनिधि सभाका सांसद प्रेम आले सहित केपी शर्मा ओली पक्षका  जना सांसदले प्रधानमन्त्री शेर बहादुर देउवालाई बिश्वासको मत दिएका छन् सोमबार भएको बिश्वासको मतको मतदानमा  माधव नेपाल सहित एमालेका २२ सांसदले देउवालाई मत दिएका छन्

आले ओली सरकारमा वन मन्त्री भएका थिए   ओली पक्षकै हिरा केसी, पार्वती विसुंखे, कलिला खातुन, विनादेवी बुढाथोकी, धनबहादुर बुढा, समिमा हुसेन, प्रेम आले, किसान श्रेष्ठले शेरबहादुर देउवालाई मत दिएका हुन् उनीहरुले देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालय सर्वोच्चको रिटमा हस्ताक्षर गरेका थिएनन्

माधव नेपाल पक्षका सांसदहरुले पनि देउवाको पक्षमा मत दिएका छन्

योसँगै एमालेका २२ जना सांसदले नेपालसँगै प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको सांसद रामकुमारी झाँक्रीले जानकारी दिएकी छन्

यसअघि देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै हस्ताक्षर गरेका नेपाल समूहका सांसदहरू तटस्थ बस्ने भन्दै संसद भवनबाट बाहिरिएका थिए।

झपट रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, सोमप्रसाद पाण्डे, दीपकप्रकाश भट्ट, यज्ञराज सुनुवार, नारायण खतिवडा, गोकर्ण बिष्ट, राजबहादुर बुढालगायत सांसदहरू संसद भवनबाट निस्किएका हुन्।