धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

प्रधानमन्त्री देउवाले पाए बिश्वासको मत

आइतवार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा देउवाले संसदमा रहेका १ शय ६५ सांसदको मत पाएका हुन् ।

प्रधानमन्त्री देउवाले पाए बिश्वासको मत

धनगढी  ।  सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्रीमा नियुक्त कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले संसदमा विश्वासको मत पाएका छन् । आइतवार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा देउवाले संसदमा रहेका १ शय ६५ सांसदको मत पाएका हुन् ।

त्यस्तै देउवालाई ८३ जना सांसदले विश्वासको मत दिएनन् । कांग्रेस सांसद गगन थापाले पनि देउवाले १ शय ६५ मत पाएको बताएका छन् । एक जना सांसदले दिन्न भन्ने पक्षमा मतदान गरेका छन् । बैठकमा जम्मा २ शय ७० मध्ये २ शय ४९ सांसद उपस्थित थिए ।

देउवालाई नेपाली कांग्रेस सहित माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा र एमालेका माधवकुमार नेपाल पक्षका सांसदहरुले मत दिएका छन् । त्यस्तै एमालेको ओली पक्षका केही सांसदले पनि विश्वासको मत दिएका छन् ।

पाँच दलीय गठबन्धनका माओवादी, जसपा, राष्ट्रिय जनमोर्चा र एमालेको नेपाल पक्षको समर्थन पाएपछि देउवाले पुनस्स्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै विश्वासको मत लिने निर्णय गरेका थिए ।


ट्रेन्डिङ