धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

संसदीय समितिको बैठकमा माधव नेपाल र राना विच चर्काचर्की

संसदीय समितिको बैठकमा माधव नेपाल र राना विच चर्काचर्की

काठमाण्डौं । 

संसदको अन्तर्राष्ट्रिय सम्बन्धन समितिको बैठकमा एमालेकै दुई समुहका सांसदबीच चर्काचर्की भएको छ ।

संसदिय दलको बैठकमा नबोलाएको भन्दै सांसद नारद मुनि रानाले यो सरकार परमादेशले बनेको भनेपछि भनाभन भएको हो ।

नेता माधव नेपालले प्रतिगमनको साथ दिएको भन्दै बैठकबाट निस्कन रानालाई भनेका थिए । त्यसपछि अन्य सांसद पनि रानामाथि खनिएका थिए ।

तर समिति सभापति पवित्रा निरौलाले भने यो राजनीतिक दलको कार्यक्रम नभएका कारण समितिको एजेन्डामाथि छलफल गर्न निर्देशन जारी गरेकी थिइन् ।

 


ट्रेन्डिङ