धनगढी पोष्ट बुधबार, १४ साउन २०८३   July 29, 2026

जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई

जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई

धनगढी

जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षलाई निर्वाचन आयोगले आधिकारिकता दिएको छ ।

यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्यले हस्ताषेर गरेपछि आयोगले उनैलाई आधिकारिकता दिएको हो ।

जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता बारे निर्वाचन आयोगले सोमबार दुबै पक्षलाई बोलाएको थियो। आयोगले ५१ सदस्यीय कार्यकारिणी समितिलाई आधिकारिकता मान्दै अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुरको पक्षमा हेड काउन्ट गरेको थियो ।

५१ सदस्यीय मध्ये रेशम चौधरी तटस्थ बसेका थिए । डिल्ली बजार कारागारमा रहेका चौधरीलाई कडा सुरक्षाबीच आयोगमा उपस्थित गराइएको थियो तर उनले दुबै पक्षमा सनाखत गरेनन् ।

पक्ष बिपक्षमा भएका ५० जना मध्ये यादवको पक्षमा ३४ जना र ठाकुरको पक्षमा १६ जना कार्यकारिणी सदस्यले हस्ताक्षर गरेका थिए ।