धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

पोष्ट कोभिड भनेको कोभिड हैन, तर  चिकित्सकको सल्लाह लिनुपर्छ । : डा. जोशी

पोष्ट कोभिड भनेको कोभिड हैन, तर  चिकित्सकको सल्लाह लिनुपर्छ । : डा. जोशी
डा. हितेश जोशी फिजिसियन निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. धनगढी

कोभिड कोरोना भाइरसको कारणले हुन्छ । कोरोना भाइरस पहिले पनि थियो । तर अहिले नोबल कोरोना भाइरसले छातीमा बढी क्षति पुरयाइरहेको छ । यसलाई नोबल कोरोना भाइरस भनिन्छ ।

एक पटक कोरोना भाइरसको इन्फेक्सन भएर ठीक भैसकेपछि शरीरमा हुने शारिरीक र मानसिक समस्यालाई पोष्ट कोभिड सिम्टोम्स भनिन्छ । अर्थात कोभिड संक्रमण निको भैसकेपछि देखा पर्ने समस्या पोष्ट कोभिड हो । मैले अध्ययन नै गर्न त पाएको छैन, तर  कोभिड लागेका धेरै व्यक्तिहरुमा पोष्ट कोभिडका लक्षणहरु भेटेको छु ।  अहिले फलोअपमा आउने धेरै व्यक्तिहरु पोष्ट कोभिडका लक्षणहरु  लिएर आउनु हुन्छ । जुन व्यक्तिहरुमा कोभिड १९ को बढी प्रभाव भयो, न्युमोनिया नै भयो, ती व्यक्तिहरुमा पोष्ट कोभिड बढी भएको देखेको छुँ ।

 कोभिडले सबै व्यक्तिहरुमा गाह्रो पारेको छैन । कतिपय व्यक्तिहरुमा कोभिड संक्रमण भएर पनि लक्षण बिहीन भएका छन्, थोरै मान्छेमा मात्र रुघाखोकी र ज्वरो मात्र आएर ठीक भएको छ । ती मध्य थोरैलाई मात्र निमोनिया भएको छ । निमोनिया भएका मध्य पनि थोरैको मात्र ज्यान जोखिममा गएको छ ।

मेरो अनुभवमा कोभिड निमोनिया भएका व्यक्तिहरुमा श्वासप्रश्वासमा असहज हुने समस्या देखिने गरेको  छ । निमोनिया भएको हो, ठीक भैसक्यो, अब सामान्य अवस्था हुनु पर्ने हो भन्ने अनुमान धेरै जसोको हुन्छ ।  तर कोभिड १९ निमोनिया भएका व्यक्तिहरुको छातीको  सबै दाग हराउनको लागि करिब तीन महिना लाग्न सक्छ । यो तीन महिनाको बीचको समयमा मान्छेहरु श्वास फेर्न अप्ठेरो भएर, कमजोरी भएर आउने गरेका छन् । यसबाहेक आत्तिने समस्या, घबराहटको समस्या देखिन्छ । खासगरि परिवारमा ठुला दुर्घटना भएका व्यक्तिहरुमा यस्ता समस्या देखा परेका छन् ।  

यसबाहेक अरु व्यक्तिहरुमा मुटुको चाप बढ्ने गरेको छ । शुरुको बेलामा   स्वाद र गन्ध  हराएका व्यक्तिहरुमा अझै पुर्ण रुपमा स्वाद र गन्ध  नफर्किएको पनि देखिन्छ । केही व्यक्तिहरुमा पोष्ट कोभिडमा सुगरको मात्रा अत्यधिक बढेको छ ।  यो  एक त संक्रमण आफैले र दोश्रो औषधीले पनि हो । कोभिडको लागि जुन औषधी प्रयोग हुन्छ, त्यसले पनि सुगरको मात्रा बढाएको देखिन्छ । कहिल्यै सुगर नभएका व्यक्तिहरुमा ठुलो मात्रामा सुगर देखिएपछि आत्तिने गरेको पनि देखिन्छ । 

 पोष्ट कोभिड भनेको अब कोभिडको संक्रमण होइन । कोभिड त निको भैसक्यो । तर कोभिड १९ ले छोडेका असरहरु नै पोष्ट कोभिड हो । पोष्ट कोभिडको बेलामा सबैलाई गाह्रै हुनु पर्छ भन्ने हैन । पोष्ट कोभिड लक्षण भएका व्यक्तिहरुले धैर्यधारण गर्नु आवश्यक  छ । कतिपय व्यक्तिहरु कालो ढुसीको समस्या हुने हो कि भनेर आत्तिएको पनि देखिन्छ ।   अझै पनि केही भैहाल्ने हो कि भनेर आत्तिएको देखिन्छ ।   कोभिडको दोश्रो लहरको शुरुको बेलामा स्वास्थ्य सेवा पाउन अत्यन्त अप्ठेरो परेको थियो ।  धेरै संक्रमित व्यक्तिहरुले उचित स्वास्य सेवा  पाउन सकेनन्, अक्सिजन पाउन सकेनन्, हामीले सबैलाई उचित सेवा दिन सकेनौं  ।  त्यस्तो अवस्थाबाट गुज्रिएर आएकाहरुमा अझै त्यस्तै  समस्या झेल्नु पर्ने हो कि भन्ने त्रास पनि पाइन्छ । ब्ल्याक फंग्सन भयो कि भनेर आत्तिएको पाइन्छ । ब्ल्याक फंग्स सबैलाई हुने होइन । रोग प्रतिरोधात्मक क्षमता अत्यन्त कम भएको व्यक्तिलाई मात्र ब्ल्याक फंग्सन  हुने सम्भावना हुन्छ । त्यस्तो बाहेकको अवस्थाका व्यक्तिहरुलाई  ब्ल्याक फंग्सन हुने सम्भावना अत्यन्त कम हुन्छ ।

शारीरिक नै असर हुनु पर्छ भन्ने होइन । जुनसुकै समस्या भएर पनि जीवनशैलीमा असर परिरहेको छ, काममा असर गरिरहेको छ भने चिकित्सक कहाँ गएर परामर्श  लग्नु पर्छ । कतिपय व्यक्तिहरु थरथर कापेर, पसिना छ्टाएर डराएर आउनु हुन्छ । त्यो शारिरीक समस्या हैन, तर  ती व्यक्तिको लागि त ठुलो समस्या हो  नि । यो शारिरीक समस्या नभए पनि मानसिक समस्या हो । त्यसैले फिजिसियन वा मनोचिकित्सकलाई भेटेर परामर्श लिनु राम्रो हुन्छ । चिकित्सकको सल्लाहमा अघि बढेमा यी समस्याहरु सजिलै समाधान हुन्छन् ।   


ट्रेन्डिङ