धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026
अगाडि धकेल्दा धकेलिने भए पछाडि फर्काउन खोज्दा फर्किनुपर्ने हो

रावलले माधव नेपालको जवाफ ट्वीट मार्फत फर्काए

रावलले माधव नेपालको जवाफ ट्वीट मार्फत फर्काए

धनगढी । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमालेबाट छुट्टीएर नयाँ पार्टी गठन गरेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई जवाफ फर्काएका छन् ।

शनिबार माधव कुमार नेपालले अघिबढ्दा धकेलेको तर अन्तिम समयमा भागेको भन्दै रावल सहित एमालेका १० नेतालाई कटाक्षे गरेका थिए । शनिबार नेपालले सो अभिव्यक्ति दिएपछि आइतबार उपाध्यक्ष रावलले ट्वीटर मार्फत जवाफ दिएका छन् ।

उनले कसैको नाम नलिएरै ट्पीट मार्फत भनेका छन्–‘कोही नेता कसैले अगाडि धकेल्दा धकेलिने भए पछाडि फर्काउन खोज्दा पनि फर्किनुपर्ने हो ।’

उनले द्वन्द्वको स्थितिमा अलगिने मनस्थिति हुन्छ भने सहमति भइसकेपछि एक भई मेलमिलाप गर्ने कुरा मुख्य हुने भन्दै सत्य बुझ्न धेरै अध्ययनको आवश्यकता नभएपछि जिम्मेवारीबोध महत्वपूर्ण हुने ट्वीटमा उल्लेख गरेका छन् ।

एमाले वरिष्ठ नेता नेपालले नयाँ पार्टी गठन गरेपछि रावलसहित १० स्थायी कमिटी सदस्यले साथ दिएका थिएनन्। उनीहरू १० बुँदे प्रस्ताव कार्यान्वयन हुने भन्दै एमालेमै सक्रिय भइसकेका छन् ।

नेपालले नयाँ पार्टी खोलेपछि दिइरहेका हरेक अभिव्यक्तिमा रावलले जवाफ फर्काउने गरेका छन् । रावलले पटक–पटक माधव कुमार नेपाललाई लक्षित गर्दै आफ्नो अभिव्यक्ति दिंदै आएका छन्


ट्रेन्डिङ