धनगढी । सुदुरपश्चिम प्रदेशमा नेकपा एमालेका तीन प्रदेश सभा सदस्यले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् । निर्वाचन आयोग नेपालको, प्रदेश कार्यालय, धनगढीमा गएर थप तीन सांसदले सनाखत गरेपछि प्रदेश सभामा नेकपा एमाले भन्दा नेकपा एस ठुलो दल बनेको छ ।
सुदुरपश्चिमका भौतिक पुर्वाधार विकासमन्त्री दीर्घ सोडारी, एमालेका पुर्व प्रमुख सचेतक तारा लामा तामाङ र प्रदेश सरकारका पुर्व राज्यमन्त्री प्रकाश रावलले आइतबार नेकपा एसको पक्षमा सनाखत गरेका हुन् । उनीहरुले सनाखत गरेपछि प्रदेश सभामा नेपा एसका सासदको संख्या १३ पुगेको छ । अब प्रदेश सभामा नेकपा एसका १३ सांसद र नेकपा एमालेका ११ सांसद भएका छन् । प्रदेश सभामा सभामुख सहित एमालेका २५ जना सांसाद हुन् ।
आन्तरिक मामिला मन्त्री पुर्णा जोशी, सामाजिक बिकास मन्त्री लाल बहादुर खड्का, भौतिक पुर्वाधार बिकास राज्यमन्त्री चुनकुमारी चौधरी, सामाजिक बिकास राज्यमन्त्री मना कुमारी साउद, प्रम्ख सचेतक दुर्गा कुमारी कामी, प्रदेश सभा सदस्य कुलबीर चौधरी, अमर बहादुर साउँद, बद बहादुर सोडारी र सुशीला बुढाथोकीले भदौ १५ गते नेकपा एसको पक्षमा सनाखत गरेका थिए ।
५३ सदस्यीय सुदुरपश्चिम प्रदेश सभामा अब नेकपा (एस) र नेकपा माओवादी केन्द्रका समान ( १३÷१३) प्रदेश सभा सदस्य भएका छन् । प्रदेश सभामा अव नेपाली काँग्रेसका १२, एमालेका ११ र तत्कालिन राजपाका दुई जना प्रदेश सभा सदस्य रहेका छन् । एमाओवादीले एमाले प्रवेश गरेका कारण झपट बोहरा हटाएपछि प्रदेश सभामा अहिले ५२ सदस्य रहेका छन् ।
नेकपा एमाले र र जनता समाजवादी पार्टी बिभाजित भएर नया दल बनेपछि निर्वाचन आयोगले भदौ २२ गतेसम्म सनाखत गर्ने समय दिएको छ ।
सनाखत पछि मन्त्री सोडारीले आफुहरु नेकपा एसलाई प्रमुख दल बनाउनका लागि प्रयासरत रहेको बताए ।