धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

बिरोध खतिवडाको नेतृत्वमा नेकपा समाजवादी सरकारमा जाने

बिरोध खतिवडाको नेतृत्वमा नेकपा समाजवादी सरकारमा जाने

काठमाडौं ।  नेकपा एकीकृत समाजवादीले विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा एकीकृत समाजवादीले खतिवडाको नेतृत्वमा सरकारमा सहभागी हुने तयारी गरेको एक नेताले बताए ।

एकीकृत समाजवादी पार्टी अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीका तर्फबाट मन्त्री हुनेको लिष्ट बुझाइसकेको ती नेताको दाबी छ । यसैगरी, मन्त्री हुनेमा मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठ छन् ।

यस्तै, भवानी खापुङ र किसान श्रेष्ठ मध्ये एक जना मन्त्री हुने ती नेताले बताए । कांग्रेसले प्रधानमन्त्री सहित सात मन्त्रालय राखेको छ भने एकीकृत समाजवादीलाई ६ मन्त्रालय भागवण्डा परेको छ । तर, कुन मन्त्रालयमा को जाने भन्ने चाहिँ टुंगो नलागेको ती नेताले बताए ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकको दल विभाजन सम्बन्धी अध्यादेश खारेज गर्ने निर्णयको सिफारिश अनुसार राष्ट्रपतिले  अध्यादेश खारेज भएको सुचना जारी गरे लगत्तै मन्त्रिपरिषद् विस्तार हुने भएको छ । मंगलबारसम्म मन्त्रिपरिषद् विस्तार हुने नेताहरुले बताएका छन् ।


ट्रेन्डिङ