धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सुदूरपश्चिममा थप ९८ जनामा कोरोना पुष्टी

सुदूरपश्चिममा थप ९८ जनामा कोरोना पुष्टी

धनगढी,

   पछिल्लो २४ घण्टाको अवधिमा धनगढी स्थित कोरोना परिक्षण प्रयोगशालामा गरिएको परिक्षणमा सुदूरपश्चिममा थप ९८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । नयाँ संक्रमित मध्य २४ जना महिला र ७४ जना पुरुष रहेका सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलिपकुमार श्रेष्ले बताए ।

    उनका अनुसार नयाँ थपिएका संक्रमित हरुमा मोहन्याल गाउँपालिका कैलालीका २ महिला र पाँच पुरुष गरी ७ जना, धनगढी उप–महानगरपालिकाका ५ महिला र ५ पुरुष गरी १० जना, कैलालरी गाउँपालिकाका ४ महिला र ६ पुरुष गरी १० जना, भजनी नगरपालिकाका दुई पुरुष, आदर्श गाउँपालिका डोटीका ६ महिला र १३ पुरुष गरी १९ जना, पुर्विचौकी गाउँपालिका डोटीका ६ महिला र ३९ पुरुष गरी ४५ जना, केआई सिंह गाउँपालिका डोटीका दुई पुरुष, कुमारी कोट डोटीका एक महिला र एक पुरुष गरी २ जना र दिपायल सिलगढी नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

 

 


ट्रेन्डिङ