धनगढी पोष्ट आइतबार, ०४ माघ २०८२   January 18, 2026
थप ५ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा कोरोना संक्रमितको सङख्या ८६ पुग्यो

सुदूरपश्चिममा कोरोना संक्रमितको सङख्या ८६ पुग्यो

धनगढी

  सुदूरपश्चिम प्रदेशमा आज थप पाँच जनामा कोरोना पुष्टि भएको छ। यो संगै संक्रमितको संख्या ८६ पुगेको छ ।

    धनगढी स्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएको परिक्षणामा आज थप पाँच जनामा कोरोना पुष्टि भएको हो । आज पुष्टि भएकामा धनगढी फुलवारीकी २५ बर्षीय युवती र २६ बर्षीय पुरुष, कैलालीको घोडाघोडी नगरपालिकाका ३२ बर्षीय पुरुष, अछाम साँफेवगरका २९ बर्षीय पुरुष र बझाङ विथ्थडचिरका २६ बर्षीय पुरुष रहेका छन ।

   सुदूरपश्चिमका ८६ जना संक्रमित मध्ये ८३ जना प्रदेशभित्रै रहेका छन् भने एक जना बझाङ र एक जना बाजुराका संक्रमितको भने कर्णाली प्रदेशमा उपचार भईरहेको छ। एक जना संक्रमितको मृत्यु भईसकेको छ । ७ जना प्रदेशभित्रबाटै डिस्चार्ज भईसकेका छन् । सबैभन्दा बढि कैलालीका ३८ जना, अछामका १४, कञ्चनपुरमा १०, डोटीका १०, बैतडीका ६, बाजुराका तीन, बझाङमा दुई, डडेल्धुरा र दार्चुलाका एक ÷एक जनामा कोरोना पुष्टि भएको छ ।