धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सुदुरपश्चिममा ५० प्रतिशत रोपाइ सम्पन्न

धनगढी

   सुदूरपश्चिममा ५० प्रतिशत रोपाई सम्पन्न भएको छ ।  नियमित वर्षा भएका कारण  सुदुरपश्चिममा झण्डै ५० प्रतिशत रोपाई सम्पन्न भएको शनिबार आयोजान गरेको पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

     यस वर्ष नियमित वर्षा भएका कारण छिटो रोपाई सुरु भएको सुदुरपश्चिमाञ्चल क्षेत्रीय निर्देशनालयका निर्देशक यज्ञराज जोशीले बताए । उनले भने– ‘यसरी नै पानी परे यस बर्ष धान उत्पादनमा समेत बृद्धि हुन्छ ।’

  पत्रकार सम्मेलनमा धान उत्पादनमा बृद्धि, आत्मनिर्भरता र सम्बृद्धि भन्ने नाराका साथ यस वर्षको धान दिवस मनाइने जानकारी दिईएको छ । तर कोरोना भाइरसको कहरका कारण विगतका वर्षहरुको जस्तो यस वर्ष औपचारिक कार्यक्रमको आयोजना भने नगर्ने मन्त्रालयका प्रबक्ता खगेन्द्र शर्माले बताए ।


ट्रेन्डिङ