धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

काँग्रेस कन्चनपुरका सभापति बोहरा महाधिवेश प्रतिनिधिमा पराजित

काँग्रेस कन्चनपुरका सभापति बोहरा महाधिवेश प्रतिनिधिमा पराजित
नेपाली कांग्रेस कन्चनपुरका सभापति हरि प्रसाद  बोहरा

धनगढी । नेपाली कांग्रेस कन्चनपुरका सभापति हरि प्रसाद  बोहरा महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । कन्चनपुर जिल्लाको  निर्वाचन क्षेत्र नम्बर २ मा भएको निर्वाचनमा बोहरा महाकधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् ।

सभापति बोहरा रमेश लेखक पक्षबाट फेरि सभापतिको दावेदारका रुपमा हेरिएका नेता हुन् ।

कन्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा एनपी साउँद पक्षीय सबै प्रतिनिधि बिजयी भएका छन् । सो क्षेत्रममा रमेश लेखक पक्षीय एक जना उम्म्ेदवार पनि बिजयी हुन सकेनन् । जिल्ला सभापति बोहरा पनि लेखक पक्षीय हुन् ।

महाधिवेशन प्रतिनिधि पुरुष खुलामा प्रतिस्पर्धा  गरेका बोहरा ११ औं नम्बरमा परेपछि पराजित भएका हुन् ।

कांग्रेसको विधानमा जिल्ला सभापतिको उम्मेदवार हुन महाधिवेशन प्रतिनिधि हुनुपर्ने व्यवस्था छ ।


ट्रेन्डिङ