धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

प्रदेश सभाको बैठक सुचना टासेर स्थगित

धनगढी

 सुदूरपश्चिम प्रदेश सभाको मंगलबारका लागि आव्हान गरिएको बैठक स्थगित भएको छ । आज दिउसो ३ बजे आह्वान गरेको बैठक सूचना टाँस गरे स्थगित गरिएको छ ।

 नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले  कोरोना नियन्त्रणका लागि ठोस कार्यक्रम नआएको, कोरोनाको परिक्षण नै नगरि क्वारेन्टिनबाट घर पठाएर समुदायसम्म कोरोना फैलाएको भन्दै संसद अवरुद्ध पार्दै आएका छन् ।

  प्रदेश सभा सचिवालयका सचिव रामसिंह धामीले कार्य व्यवस्था परामर्श समितिमा सहमति जुट्न नसकेपछिे बैठकस्थगित गरिएको बताए ।


ट्रेन्डिङ