धनगढी पोष्ट बिहिबार, ०५ चैत २०८२   March 19, 2026

प्याब्सनको सुदुरपश्चिम प्रदेश अध्यक्षमा पन्त

प्याब्सनको सुदुरपश्चिम प्रदेश अध्यक्षमा पन्त

धनगढी । निजी तथा आवासीय   बिद्यालय अर्गनाइजेनश नेपाल (प्याब्सन) को सुदुरपश्चिम प्रदेश समितिको अध्यक्षमा ललितराज पन्त चयन भएका छन् कन्चनपुरको महेन्द्रनगरमा भएको प्याब्सन सुदुरपश्चिमको तेश्रो अधिवेशनमा पन्तको अध्यक्षतामा  निर्विरोध कार्यसमिति चयन भएको हो

 पन्त धनगढी स्थित शारदा बिद्या निकेतन वेष्टर्न क्रिष्टल एकेडेमीका सञ्चालन हुन्

 समितिको बरिष्ठ उपाध्यक्षमा   समरजंग बहादुर चन्द, उपाध्यक्षमा केशव दत्त भट्ट डम्बर बहादुर सोडारी, सचिव यम प्रसाद भण्डारी, कोषाध्यक्ष भवान सिंह बिष्ट, सहसचिवमा चक्र बहादुर न्यौपाने धर्मराज न्यौनाल चयन भएका छन्।

 त्यस्तै सदस्यमा निर्वाचित हुनेमा प्रेमवल्लब भट्ट, तर्कराज भट्टराई, भवानी प्रसाद भट्ट, लाल प्रसाद घिमिरे बासुदेव भट्ट रहेका छन्

 


ट्रेन्डिङ