धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

डोटीको बडीकेदारमा काँग्रेसका  प्रमुख उपप्रमुख बिजयी

डोटीको बडीकेदारमा काँग्रेसका  प्रमुख उपप्रमुख बिजयी

दिपायल । डोटीको बडीकेदार गाउँपालिकाको प्रमुखमा नेपाली काँग्रेसका  भैरब बहादुर साउद उम्मेदवार बिजयी भएका छन् ।  पालिकाको उपप्रमुखमा पनि काँग्रेसकै दम्मरी कुमारी विष्ट बिजयी भएका छन् ।

साउद २ हजार ३ सय ४३ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उमेदवार चक्र बहादुर घर्तिले १ हजार ६ सय ८४ मत प्राप्त गरे । त्यस्तै, नेकपा समाजवादीका उमेदवार भक्त बहादुर साउद १ हजार ४ सय ७१ मत प्राप्त गरे ।

उपाध्यइामा कांग्रेस उमेदवार दम्मरी कुमारी विष्ट २ हजार ४ सय ७ मत ल्याएर विजयी  भएकी हुन् ।  उनका निकटम प्रतिद्वन्द्वी एमाले उमेदवार सपना सिडारीले २ हजार २ सय ७६ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा माओवादी केन्द्रका उमेदवार देवीसरा देवी घर्तीमगरले ८ सय ३२ मत प्राप्त गरे ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको पालिका बडीकेदारमा कांग्रेससँग तालमेल नमिले पछि  नेकपा –एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) बीच चुनावी तालमेल भएको थियो ।


ट्रेन्डिङ