धनगढी पोष्ट शुक्रबार, ०६ चैत २०८२   March 20, 2026

नयाँ भुमिकाको खोजीमा छु : ओझा

नयाँ भुमिकाको खोजीमा छु : ओझा

धनगढी कैलाली क्षेत्र नम्बर मा स्वतन्त्रबाट उम्मेदवार बनेका पुष्करनाथ ओझाले नयाँ भुमिकाको खोजीमा आफु रहेको बताएका छन आफु सबै भुमिकाबाट वञ्चित भएपछि नयाँ खोजीमा लागेको बताएका हुन्

मुलुकको राष्ट्रिय स्वतन्त्रता, क्षेत्रीय अखण्डता, नेपाली जनताको अधिकार सम्पन्न नागरिकका रुपमा मैले जनताका पक्षमा लडेको छु पार्टीले दिएको भुमिकाका आधारमा मैले काम गरेको थिए उनले भनेअहिले मलाई सबै भुमिकाबाट वञ्चित गरियो नयाँ भुमिकाको खोजीमा मैले स्वतन्त्रबाट चुनावमा भाग लिइरहेको छु

उनले पार्टीलाई पारिवारिक बनाउन खोज्ने प्रवृतिप्रति सबैले लाग्नुपर्ने बताए पार्टीहरु भनेको जनताको सम्पति हो दुईचार वर्ष कुनै राजनीतिक दलको प्रमुख हुँदैमा जनताको सम्पतिलाई पारिवारिक सम्पतिका रुपमा दुरुपयोग गर्न पाईदैन उनले भने –‘यस्ता प्रवृति विरुद्ध सबै नागरिक सचेत हुनुपर्छ

उनले आफुले निष्ठाको राजनीति गरेको त्यसै अनुसार जनताले बुझेको बताए उनले भनेमलाई थुप्रै पार्टीका प्रमुखहरुले उम्मेदवार बन्न भने तर त्यसमा लागेन आस्थाका लागि बाच्ने नेपाली हुँ त्यसैका लागि पार्टी विपरित गएको हु


ट्रेन्डिङ