धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

अछाममा ५५ प्रतिशत मतदान

धनगढी । अछाममा  ५५ प्रतिशत मतदान भएको छ । जिल्लामा समग्रमा  करिब ५५ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत पीताम्बर शर्माले बताए

दुई वटा प्रतिनिधि सभा र चार वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको  अछाममा  क्षेत्र नम्बर १ का १०३ मतदान केन्द्र र क्षेत्र नम्बर २ का १०५ मतदान केन्द्र तथा तीन वटा अस्थायी मतदान केन्द्र रहेका छन् । जिल्लामा छिटपुट घटना बाहेक शान्तिपूर्ण मतदान भएको र मतदाताले मतदान गरेको उनले बताए ।

जिल्लामा क्षेत्र नम्बर  १ मा ३८ हजार १३३ पुरुष, ४० हजार ९०२ महिला र १ जना अन्य गरी ७९ हजार ३६ मतदाता रहेका थिए । यसै गरी क्षेत्र नम्बर २ मा ३९ हजार २६३ पुरुष, ४० हजार ३६३ महिला र अन्य १ गरी ७९ हजार ६२७ जना मतदाता रहेका थिए ।


ट्रेन्डिङ