धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

कैलाली ३ मा नागरिक उन्मुक्तिका गंगारामले बढाउँदै लगे अग्रता

कैलाली ३ मा नागरिक उन्मुक्तिका गंगारामले बढाउँदै लगे अग्रता

धनगढी : कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्यमा नागरिक उनमुक्ति पार्टीका उम्मेदवार गंगाराम चौधरीले मतान्तर बढाउदै अग्रता कायमै राखेका छन ।

हालसम्म ३६१६६ मतको गणना हुदा नागरिक उन्मुक्तिका गंगारामले  १२ हजार ६८ मत प्राप्त गरेर अग्रता लिएका लिछन् ।

नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरी  १०१६४ मत पाएर नागरिक उन्मुक्तिका गंगारामलाई पछ्याइरहेका छन् । नेकपा एमालेका उम्मेदवार गौरीशंकर चौधरीले  ६६८८ मत पाएका छन् ।

 राष्ट्रिय प्रजातन्त्र पार्टीका वीरेन्द्र बहादुर बमले ५८६२ मत पाएका छन् । हालसम्म २७४० मत बदर भएका छन् ।


ट्रेन्डिङ