धनगढी पोष्ट बुधबार, १४ साउन २०८३   July 29, 2026

कैलाली १ को प्रतिनिधि सभा र दुवै प्रदेश सभामा नागरिक उन्मुक्तिको अग्रता

कैलाली १ को  प्रतिनिधि सभा र दुवै प्रदेश सभामा नागरिक उन्मुक्तिको अग्रता

धनगढी : कैलालीको निर्वाचन क्षेत्र नम्बर को प्रदेश सभा सदस्यका दुबै निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अगाडि छन् प्रतिनिधि सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका रन्जिता चौधरीले अग्रता बनाइरहेका बेला उक्त क्षेत्रमा  प्रदेशमा पनि सोही पार्टीका उम्मेदवार अगाडि रहेका हुन्

जिल्लाको निर्वाचन क्षेत्र नम्बर मा प्रदेश सभा मा एक हजार ८६१ मतगणना हुँदा नागरिक उन्मुक्तिका कैलाश चौधरी ७१३ मत सहित अग्रतामा छन् उनलाई सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका दीर्घराज विनाडीले ५५९ मत सहित पच्छाइरहेका छन्

प्रदेश सभा मा पनि नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरीको अग्रता एक हजार ५१६ मत गणना हुँदासम्म चौधरीको ७१३ मत उनलाई सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका डा रणबहादुर रावलले ४१२ मत सहित पच्छाइरहेका छन्

एमालेका द्वारिका प्रसाद न्यौपाने तेस्रो छन् उनको २२६ मत